आज सामान्य घट्यो सुनको भाउ

काठमाडौं, फागुन २३ ।  नेपाली बजारमा शुक्रबार सुनको भाउ ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *